Section 18A
स्वरोजगार व्यक्तिले रकम जम्मा गर्न सक्ने:
(१): स्वरोजगार व्यक्तिले दफा १८ बमोजिमको लगानीकर्ता हिसाब योजना अन्तर्गत कोषमा तोकिए बमोजिम रकम जम्मा गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम कोषमा जम्मा हुने रकमको सङ्घलन, कोषमा जम्मा भएको रकमको भुक्तानी प्रक्रिया र कोषबाट पाउने सुविधा सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ । स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “स्वरोजगार व्यक्ति” भन्नाले इञ्जिनियर, चिकित्सक, कानून व्यवसायी, लेखापरीक्षक लगायतका पेशा व्यवसाय गर्ने व्यक्ति वा निजसँग आबद्ध अस्थायी वा सेवा करारमा कार्यरत कर्मचारी सम्झनु पर्छर सो शब्दले निजी रुपमा सञ्चालित कृषि, उद्योग र सेवा क्षेत्र लगायतका व्यवसाय, रोजगारीबाट आय आर्जन गर्ने वा बैदेशिक रोजगारमा संलग्न व्यक्तिलाई समेत जनाउँछ ।